काठमाडौं । आज,मंगलबार ३०३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ६४ हजार ८२३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ हजार १७जना पुगेको छ।
तपाईंको प्रतिकृया




