अर्घाखाँची। सितगंगा नगरपालिका-२ झिर्रा गाउँमा बाबुले २ वर्षीया छोरीको हत्या गरेका छन् ।
२४ वर्षीय सन्तोष घिमिरेले २ वर्षीया छोरी सृष्टिको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
छोरीलाई घरमा एक्लै भएको मौका छोपेर घिमिरेले घरभित्रै सुतिरहेको बेला मंगलबार दिउँसो हत्या गरेका थिए ।
दुई दिनअघि सन्तोष श्रीमतीलाई लिन कपिलवस्तु गएका थिए तर आउन मानिनन् । सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




