भिरबाट लडेर वडा सदस्यको मृत्यु

खोटाङ  । खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।

शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको खुल्न आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री