नेपाल बैंकको नयाँ एक्स्टेन्सन काउण्टर दोलखाकाे जिल्ला प्रशासन कार्यालयमा

काठमाडौं । नेपाल बैंकले दोलखाको जिल्लाप्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर खोलेको छ ।

बैंकले  आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोट स्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको हो ।

उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका हुन् ।

साे अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री