काठमाडौं । नबिल बैंकले आफ्नो ३६औं वार्षिक साधारण सभामा ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
पौष २९ गते बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालकाे अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले साे लाभांश पारित गरेकाे हाे ।
सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हालको चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश पाउने छन् ।
तपाईंको प्रतिकृया




