राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् ।

बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो ।

नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री