ट्रकको ठक्करबाट एकजनाको मृत्यु

राजविराज । सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले  उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री