काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २२४ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४९ हजार २१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ७८ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड ३ लाख ५ हजार ७८८ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ९९ लाख ६ हजार ३८७ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २२ हजार ९२६ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा २ लाख ५० हजार १८३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल १७ करोड ३९ लाख ४१ हजार ६५८ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ लाख २९ हजार ९६४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




