काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ४ सय रुपैयाँले बढेको हो ।
बिहीबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




