पत्रकार कालोटोपीसहित काभ्रेका दुई पत्रकार सम्मानित

काभ्रे ।पत्रकार ज्ञानमणि नेपाल कालोटोपी र काभ्रेका सक्रिय पत्रकार नवराज बजगाईं सम्मानित भएका छन् । विगत १७ वर्षदेखि पत्रकारिताक्षेत्रमा सक्रिय पत्रकारहरुलाई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–१० स्थित श्री विन्धवासिनी माविको ४३ औं वार्षिकउत्सवको अवसरमा अर्जुन–राधा विन्धवासिनी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । सो फाउण्डेशनले दुई पत्रकारलाई जनही नगद ५ हजार र सम्मानपत्रसहित सम्मान गरेको हो ।

विहिबार आयोजित एक कार्यक्रमकाबीच उनीलाई संस्थाका अध्यक्ष सुमन नेपाल, मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा लगायतले सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै पत्रकार कालोटोपीले यो सम्मानले आगामी दिनमा आफूलाई काम गर्न थप हौशला प्रदान गरेको बताए । विगत १७ वर्षदेखि पत्रकारितामा सक्रिय कालोटोपीले नेपाल समाचारपत्र दैनिकबाट पत्रकारिता थालेका हुन् ।

उनीसँग विसं. ०६१ सालदेखि ३ वर्ष जिल्लाबाट प्रकाशित हुने सञ्जीवनीपत्र साप्ताहिकमा पनि मण्डनभेगको संवाददाता भएर काम गरेको अनुभव छ । ०७० सालदेखि भने उनले विभिन्न अनलाइनहरुमा आफ्नो सक्रियता बढाउँदै आएका छन् ।

हाल उनी केन्द्रबिन्दु मिडियामा पनि साढे ३ वर्षदेखि वरिष्ठ उपसम्पादकको जिम्मेवारी लिएर काम गरिरहेका छन् भने काभ्रे जिल्लाको मध्यमार्ग साप्ताहिकमा विशेष संवाददाताको रुपमा पनि काम गरिरहेका छन् । यसका साथै विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा नियमित स्तम्भलेखनमा पनि उनको सक्रियता कायमै छ ।

विहिबारको कार्यक्रममा विन्धवासिनी माविमा अध्ययनरत ८ जना जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ती पनि प्रदान गरिएको थियो । ४ वर्ष अघि यस विद्यालयमा अर्जुन–राधा फाउण्डेशनले एक लाख रुपैयाँको अक्षयकोष खडा गरि हरेकवर्ष जिल्लामा सक्रिय एक जना संचारकर्मी र सो विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिंदै आएको छ ।

आगामी दिनहरुमा अक्षयकोषको रकम ५० हजार थपिने संस्थापक अर्जुन नेपालले जानकारी दिए । यसलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष एवं संचारकर्मी सुमन नेपालले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले सम्मानित सबैलाई वधाइ दिंदै विद्यालयको शैक्षिकस्तर उकास्न सबैले सहयोग गर्नु पर्ने सुझाव दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ नेपालले सबैको सल्लाह र सुझावमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

 

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सगरमाथा क्षेत्रमा मंगोलियन नागरिकको शव फेला

काठमाडाैं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जना मङ्गोलियन नागरिक सम्पर्कविहीन भएकामा एक जनाको …

प्रतिकृया दिनुहॊस

This will auto close after