सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सुविधा

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहक महानुभावहरुलाई लक्षित गरि रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरि इनभ्वाइस वापतको रकम तत्काल विक्रि वितरकलाई उपलव्ध गराउने छ । यसबाट खरिदकर्ता ग्राहकले विक्रि वितरकवाट विशेष सहूलियत र छुटमा बस्तु खरिद गर्न सहयोग पुर्याउने बैंककाे विश्वास छ ।

यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विकभुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस