एकै दिनमा चार विद्यालय भवनको शिलान्यास

सर्लाही। सर्लाही जिल्लामा बुधबारका दिन चारवटा विद्यालय भवनको शिलान्यास विशेष समारोहबीच सम्पन्न भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल, र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (आरआरपिके), मलंगवाको संयुक्त साझेदारीमा सञ्चालित सिकाई परियोजना अन्तर्गत पर्सा गाँउपालिका र हरिपुर्वा नगरपालिकामा निर्माण हुन गईरहेको चार विद्यालय भवनको शिलान्यास भएको हो ।

चारवटै विद्यालयभवनको कुललागत रकम एक करोड आठलाख सतहत्तर हजार छसय तेत्तीस लाग्ने अनुमान गरिएको छ । उक्त भवनहरु नगरपालिकाका प्रमुख सियाराम राय र गाँउपालिका अध्यक्ष किसुनदेव रायले गर्नुभएको हो ।

शिलान्यास समारोह परियोजना कार्यान्वयन गर्ने संस्था आरआरपिकेका अध्यक्ष गायत्रीदेवी महतो र परियोजना प्रबन्धक सुकदेव ठाकुरको उपस्थितिमा सम्पन्न भएको हो । समारोहमा अभिभावकहरु, विध्यालयका बालबालिकाहरु, सम्बन्धित वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
परियोजना प्रबन्धक ठाकुरका अनुसार हरिपुर्वा नगरपालिकाको रामजानकी माध्यमिक विद्यालय, बसन्तपुरमा शौचालय सहित दुईकोठे भवनको लागि रु।४८,४९,६५७।८७, केश्वरगरिव जनता माध्यमिक विद्यालय, हरिपुर र पर्सा गाँउपालिकाको पब्लिक माध्यमिक विद्यालय प्रत्येकको शौचालय सहित दुईकोठे भवनको लागि १२,००,३४५।७७ तथा शितलपुर आधारभूत विद्यालय, पर्साको लागि ३६,२७,३३३।६७ रुपैंया रकम विनियोजन गरिएको छ । उहाँले चारवटै भवनहरुको कक्षाकोठा र शौचालयको निर्माण बाल तथा अपाङ्गतामैत्री आरसिसि संरचनामा हुने बताए।


परियोजना तर्जुमा चरणमा लक्षित समुदायहरुमा ३२ वटा विद्यालयहरुको लेखाजोखा गरिएको थियो । ती मध्ये दलित तथा विपन्न समुदायका बालबालिका, विशेष गरी छात्राहरुको उल्लेख्य मात्रामा पहुँच भएको, छात्रछात्राको चाप बढी भएको, कक्षा कोठाहरुको अभाव तथा भवनहरु जिर्ण भएको आधारमा ती विद्यालयहरु छनौट गरिएको प्रबन्धक ठाकुरले बताए ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल, र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, मलंगवाको संयुक्त साझेदारीमा अप्रलि २०१९ देखि जिल्लाको चन्द्रनगर, पर्सा, ब्रह्मपुरी गाउँपालिका र हरिपुर्वा, नगरपालिकामा सिकाई परियोजना कार्यान्वयनमा आई रहेको छ ।
यस परियोजनाले परियोजना अवधिमा लक्षित विद्यालयहरूमा समावेशी शिक्षा वातावरण सुधारिएको, समुदायहरू उनीहरूको सबैभन्दा जोखिममा पर्ने बच्चाहरूको शिक्षाको लागि घर र स्कूलमा अधिक सहयोगी हुने तथा स्थानीय तहमा समावेशी शिक्षा र बाल सुरक्षा प्रणालीको कार्य र सुशासनमा सुधार हुने उद्देश्य राखेको छ ।

न्यूज दैनिकका लागि सर्लाहीबाट
हिरालाल श्रेष्ठ

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस