काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ८

काठमाडौं । काठमाडौंको तापक्रम यो वर्षकै कममा झरेको छ । बिहान काठमाडौंको तापक्रम शून्य दशमलव ८ डिग्री सेल्सियसमा झरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि बुधबार काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बिहान जुम्लाको तापक्रम माइनस ८ दशमलव ५ डिग्री मापन गरिएको छ ।

यस्तै दिपायलको शून्य दशमलव ३ डिग्री सेल्सियस, विरेन्द्रनगरको १ दशमलव ९ डिग्री सेल्सियस, ताप्लेजुङको २ दशमलव ७ डिग्री सेल्सियस, धनगढी र नेपालगन्जको ४ डिग्री सेल्सियस, पोखराको ४ दशमलव ४ डिग्री सेल्सियस र दाङ घोराहीको ४ दमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।राति आकाश खुलेकाले बिहान धेरैको ठाउँको तापक्रममा गिरावट आएको मौसमविद्ले बताएका छन् । अहिले तराईका केही भू‍-भागमा हुस्सु कुहिरो लागेको छ भने बांकी भु-भागको मौसम सामान्यतया सफा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री