आन्दोलनका नाममा अदालतलाई धम्काउने काम काँग्रेसले गर्दैन : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्धामा काँग्रेस नबोल्ने बताएका छन् । राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा बोल्दै सभापति देउवाले आन्दोलनका नाममा अदालतलाई धम्काउन नहुने बताएका छन् ।

विपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउदै देउवाले अहिलेपनि लोकतन्त्रमा विश्वास राख्ने दलहरु एक ठाउमा आउनुपर्ने बताए । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा असंबैधानिक कदम चालेको बताउदै काँग्रेसले देशभर कार्यक्रम गरेर विरोध गरिरहेको बताए ।

सभापति देउवाले कुनै पनि बहानामा एकतन्त्र शासन मान्य नहुने भन्दै अहिलेको अवस्थामा स्वतन्त्र न्यायालयको निर्णयलाई मानेर अगाडी बढ्नुपर्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री