स्थानीय तहमा भ्रष्टाचार रोक्न सुशासन गोष्ठी

बुटवल । स्थानीय तहमा भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रबद्र्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल र अन्तरक्रिया थालेको छ ।

सातवटै प्र्रदेशमा गरिने कार्यक्रमअन्तर्गत आज प्रदेश ५ का ७ जिल्लाका जनप्रतिनिधिसँग छलफल र अन्तरक्रिया बुटवलमा शुरु भएको छ ।

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र सहसचिव ज्ञानेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रबद्र्धन विषयमा छुट्टा–छट्टै कार्यपत्र प्रस्तुत गर्दैछन् ।

स्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा.हरि पौडेलले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् । साविक लुम्बिनी अञ्चलका ६ जिल्ला र प्यूठानका गरी करिब २ सय ३० जना जनप्रतिनिधि कार्यक्रममा सहभागी छन् ।

उनीहरुबीच समूहगत छलफल गराइ सुशासनका लागि सामुहिक प्रतिबद्धता पत्र तयार गरिने संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश क्षितिजले जानकारी दिए ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस