अभिनेत्री दीपशिखाले कपाल मुण्डन गरिन्

चलचित्र ‘प्रेमलिला’का लागि नायिका दीपशिखा खड्काले कपाल मुन्डन गरेकी छिन् । दीपशिखाले कपाल मुण्डन गर्नुको रहस्य अहिले नै खोल्न नमिल्ने बताएपनि चाडै नै दर्शकले यो बिषयमा थाहा पाउने बताइन् ।नेपाल र भारतको कथा जोडिएको फिल्म प्रेमलीलाको पोखरामा छायाँकन सकेर युनिट काठमाडौं फर्किएको दीपशिखाले जानकारी गराईन् ।

दीपशिखा आफैंले निर्माण गरिरहेको प्रेमलीलालाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन । पवन गौतमको छायाँकन रहेको यो फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत छ ।यो  चलचित्रमा दीपशिखा सहित अली खान, सुरज तमु, रेखा शाह लगायतको अभिनय रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री