हावाहुरीले उडायो मोदीको स्वागतको लागि बनाईएका स्वागतद्धार

जनकपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि बनाइएको स्वागतद्धार भत्किएको छ । धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएका हुन् ।वर्षासँगै आएको हावाहुरीले मोदीको स्वागतका लागि आयोजक २ नम्बर प्रदेश सरकार बनाएका स्वागतद्वार ढालेपछि पुन: बनाइने भएको छ ।

मोदीको स्वागत र अभिनन्दन गर्न लागिएको रंगभूमि बाह्र बिघा मैदानमा पानी जमेको छ । हावाहुरीले स्वागतद्वार भत्काए पनि  अभिनन्दनस्थलमा भने क्षति पुगेको छैन ।हावाहुरीले धनुषा, महोत्तरी लगायत पूर्व तराईका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस