सप्तरी । मिलको फित्ताले कपाल बेर्दा सप्तरीमा एक १७ वर्षीया किशोरीको ज्यान गएको छ । अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ कि १७ वर्षीया नेमियाकुमारी पण्डितको कुटानी पिसानी गर्ने मिलको फितामा कपाल बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहका अनुसार आफै मिल चलाउँदै गर्दा उनी फित्तामा बेरिन पुगेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको हो । मिलमा बेरिएर किशोरी गम्भीर घाइते भएपछि आफन्तले सुरुमा घटना लुकाउने प्रयास गरेका प्रहरीले जनाएको छ ।
घटनालाई नजिकबाट देखिरहेको एक जना ट्रयाक्टर चालकले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । किशोरीको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको छ ।
तपाईंको प्रतिकृया




