काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।
सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
तपाईंको प्रतिकृया




