कुन प्रदेशको मौसम कस्तो ? [तीन दिनको पूर्वानुमानसहित]

काठमाडौं । अहिले तराईका भू-भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र बांकी भु-भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसम बदली भएको हो ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

पौष ११ गते (शनिबार)
दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ ।

पौष १२ गते (आईतबार)
दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

राती : बाग्मती र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

पौष १३ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours:
चिसो रहिरहने तथा तराई / पहाडि भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …