स्मार्टडोकोको अपडेटेड नयाँ भर्सन एप पुनः लन्च हुँदै, के-के छन् सुविधा ?

काठमाडौं । आईएमएस ग्रुपको लगानीपछि ईकर्मश कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेबसाइटको नयाँ भर्जन अपडेटेड गरी पुनः लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड” पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् जस्तैः

१. स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् ।
(न्यूनतम् अर्डर भ्यालु रु. २५०० हुनुपर्नेछ र यो अफर ग्राहकहरुलाई पहिलो भुक्तानि गर्दा मात्र लागू हुनेछ)

२. सेलपपेबाट रकम भुक्तानी गर्दा एक हजार लोयल्टी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ । (ग्राहकहरुले यस अफर एक पटक मात्र प्राप्त गर्न सक्नेछन् ।)

३. ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् ।

४. हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १  हजारको सिमा हुनेछ ।

५. नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १ हजारको सिमा हुने छ । (न्यूनतम अर्डर रु. २ हजारको हुनुपर्ने छ ।)

६. माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जसमा रु. ५०० को सिमा हुने छ ।

७. सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ ।

८. हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् । (ब्राण्डहरु : मामाअर्थ, ट्रेसमे, गोल्डेन्फ्रेसमार्ट, नेचर्स् केयर, एसेन्सियल् लिभिङ, एक्सएज्, डाक्टरब्राउन, बिबिलभ्, ह्यप्पि फिट् र एभरयुथ)

९. १ रुपैया गेम (१ भाग्यशाली ग्राहकले इनर्जाजरको पावर बैंक जित्ने मौका पाउनेछ)

१०. २५ डिसेम्बर, विहान १२ बजे देखि विहान १० बजेसम्म अर्डर गर्ने ग्राहकहरुलाई नेपाल भरी फ्रि डेलिभरीको सुविधा उपलब्ध गराइएको छ ।

११. फ्ल्यास–सेल र अन्य अफरहरु पनि छन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

यसो भन्छन् आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्रा –
‘स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउन चाहन्छौं । भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका छौं ताकि उपयोगकर्तालाई अनुकूल ईन्टरफेसको अनुभव होस् । यसबाहेक, स्मार्टडोकोले अब दैनिक फ्ल्यास–सेल र धेरै उत्साहजनक प्रस्तावहरू प्रत्येक दिन ल्याई, छिटो डेलिभरीको सेवा, नगद, कार्ड, सेलपे, ई–सेवा, अमेरिकन एक्सप्रेस र रिवार्ड पोइन्टहरू सहित भुक्तानीको थुप्रै विकल्पहरू प्रस्तुत गरेका छौं।

साथै, स्मार्टडोकोको नयाँ प्रणालीबाट विक्रेताहरुले आफ्नो मूल्य र स्टकहरु आफै अपडेट गर्न सक्नेछन्, जसका लागि इच्छुक विक्रेताहरूले हामीसँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मूल्यवान ग्राहकहरुलाई आवश्यक परेको बेलामा हाम्रो ग्राहक सेवा केन्द्रले सेवा प्रदान गर्नेछन् । हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरूले सहज अनलाइन शपिङको अनुभव गर्नेछन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) …