बल्खुमा भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । बल्लुस्थित सीता पेट्रोल पम्प नजिकै भ्यानले पैदल यात्रुलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भ्यानको ठक्करबाट नवलपरासीको देवचुली नगरपालिका १४ का २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको हो । बुधबार साँझ पौने ७ बजे बा २१ च ५०६४ नम्बरकमो पिकअप भ्यानले अधिकारीलाई ठक्कर दिएको थियो ।

बल्खुको वयोधा अस्पतालमा उपचारको क्रममा घाइते अधिकारीको साँझ ७ बजे मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले भ्यानसहित चालक राजु तामाङलाई नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस