कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, थप रणनीति तय गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा संसद् विघटनपछिको मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ ।

उसले यहि विषयमा सोमबार सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो । नेपाली कांग्रेस, नेकपाको असन्तुष्ट पक्ष तथा जनता समाजवादी पार्टीसहित संसद विघटनको विपक्षमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री