बालुवाटारमा वलीपक्षीय सांसदहरूको भेला

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसद्का आफूनिकट सांसदहरूसँग परामर्श सुरु गरेका छन् ।

आफू अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले आफूमाथि कारवाही गर्नुअघि नै नयाँ दल खोल्ने या पहिल्यै दर्ता भएको एमाले पुनर्गठन गर्ने विषयमा बालुवाटारमा छलफल भएको जानकारी प्राप्त भएकाे छ ।

 

भेलामा पूर्व माओवादी खेमाका  उद्योग मन्त्री लेखराज भट्ट पनि सहभागी थिए । सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा संसद् विघटन गरिएपछि नेपालको राजनीतिमा संवैधानिक संकट देखिएकाे छ । बानेश्वरको संसद् भवनमा दिउँसो १ बजे प्रचण्ड-नेपाल निकट सबै सांसदलाई बोलाएर वर्तमान अवस्थाका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको  वताइएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस