फाइल फोटो

आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण, ‘हाइ अलर्ट’मा ४ वटै सुरक्षा निकाय

काठमाडौं । प्रतिनीधिसभा विघटनसँगै आन्दोलन चर्किने सुरक्षा निकायले विश्लेषण गरेका छन् । आन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौं हुने विश्लेषणसहित सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पनि सबै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायको उपस्थिति थियो ।

४ वटै सुरक्षा निकाय ‘हाइ अलर्ट’मा रहदै देशभरि सतर्कता बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास, शीर्ष नेताका घर र माइतीघर क्षेत्र लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितीको बढाइएको छ ।

विशेषगरी प्रचण्ड-माधव नेपाल समूह र ओली समूहका मुख्य नेताको निवासमा सुरक्षा सतर्कता अपनाइएको हो । आजदेखि आन्दोलन चर्किन सक्ने सुरक्षा विश्लेषण गरिएको छ ।

यस्तै चारवटै सुरक्षा निकायले मातहतका कार्यालय र निकायलाई आफ्ना फौज र कर्मचारीहरूलाई बिदा नदिन र बिदामा बसेकालाई समेत हाजिर हुन निर्देशन दिएका छन् । उच्च सुरक्षा स्रोतका अनुसार गृह मन्त्रालयको आदेशबमोजिमको निर्देशन सबै सुरक्षा निकायमा पठाइसकिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक …

प्रतिकृया दिनुहॊस