काठमाडौं । आज आईतबार ५ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ४३ हजार ६६४ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७ सय ८८ जना पुगेको छ।
तपाईंको प्रतिकृया




