प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीसँग जोडिएपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर  भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

साथै प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई पेमेन्टबाट वा पाँच हजारभन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप