काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद भवनमा बिहान १०ः३० बजे बस्ने बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि अप्ठेरो परेपछि सरकारले मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । यसअघि बसेको पदाधिकारी बैठकले पनि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेको थियो ।
उक्त कदमको सत्तारुढ दलभित्रै व्यापक विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने जनाइसकेका छन् । यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।
तपाईंको प्रतिकृया



