काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
पुस २ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद (कर समेत) गरी कूल १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने जनाइएको छ ।
तपाईंको प्रतिकृया




