काठमाडौं । गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।
गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो ।
गम्भिर घाइते भएका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार थिए।
तपाईंको प्रतिकृया



