वरिष्ठ नेता पौडेलको प्रश्न गर्छन् – कम्युनिस्ट नेताहरूमाथि किन मुद्दा लाग्दैन ? [भिडियोसहित]

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको आरोप लागेका कम्युनिस्ट नेताहरूमाथि मुद्दा नलागेको भन्दै अच्चम लागेकाे भनेका छन् । कांग्रेसले देशैभर आयोजना गरेको विरोध प्रदर्शनमा काठमाडौंको शान्ति बाटिकामा आयोजित कार्यक्रममा कम्युनिस्टले सर्वसत्तावाद लागू गरेका कारण यस्तो दिन देख्नुपरेकाे बताएका हुन् ।

नेता पाैडेलले कम्युनिस्ट सरकारले पक्षपात गरेर कांग्रेसमाथि बर्बर दमनमा उत्रेको आराेप लगाए । अहिलेको सरकारले राज्यको ढुकुटी चरम दुरुपयोग गरेर मनलाग्दी खर्च गरेको भन्दै आपत्ती जनाए । उनले लोकतन्त्र मास्ने काम हुन थालेको भन्दै चिन्ता ब्यक्त गरे । सत्ताको चरम दुरुपयोग गरेका कारण सडकमा असन्तोष देखिएकाे भनाइ राखे।

देशमा अलोकतान्त्रिक व्यक्तिहरुको चलखेलका कारण जोखिम बढेको उनले वताए । नेकपा नेतृत्वको सरकारलाई लक्षित गर्दै पौडेले भने, ‘लोकतान्त्रिक व्यवस्थामा अलोकतान्त्रिक पृष्ठभूमिका कम्युनिष्टहरूको नेतृत्व हुँदा व्यवस्था र लोकतन्त्र दुवैलाई खतरा बढेको छ ।’

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशितालाई संकटमा पार्न खोजेको पनि आरोप लगाउँदै ‘हामी यो देशको भविष्य उज्यालो बनाउन लडिरहेका छौं । व्यवस्था लोकतान्त्रिक छ तर यिनीहरूको पृष्ठभूमि लोकतान्त्रिक छैन,’ पौडेलले भने, ‘लोकतन्त्र र संघीयता, गणतन्त्र, समावेशिता संकटमा पार्न खोजिँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप