त्रिविको दीक्षान्त समारोहमा ८३ जना मात्र सहभागी हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४६औं दीक्षान्त समारोहमा एमफिल, पीएचडी र विभिन्न विषयमा पदक तथा पुरस्कार प्राप्त विद्यार्थी (गोल्ड मेडलिस्ट)लाई मात्र सहभागी गराउने भएको छ ।

कोभिड–१९ का कारण भिडभाड हुन नदिन यस वर्षको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थी मात्र सहभागी हुने पाउने भएका हुन् ।
त्रिविको आगामी पुस ६ गते बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा औपचारिक दीक्षान्त समारोह हुनेछ ।  दीक्षान्त समारोहको प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव रहनेछन् ।
दीक्षान्त समारोहमा सहभागी हुन फारम भर्ने अरु विद्यार्थीले भने प्रमाणपत्रको बाहेक अन्य शुल्क फिर्ता पाउने छन् ।
यस वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७०८७ जनाले फारम भरेका थिए ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री