घर अगाडि राखेको पिकअपमा अपरिचित व्यक्तिले लगाई दिए आगो

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमाका बेचन मुखियाको पिकअप भ्यानमा शनिबार बिहान अपरिचित व्यक्तिले आगजनी गरेको छ ।

आफ्नै घरअगाडि राखिएको स. १ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी भएको मुखियाले बताएका छन् । प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।

शनिबार बिहान करिब १ बजेतिर घर अगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । आगो स्थानीयबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ । यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस