काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




