फाइल फाेटाे

काठमाडौंका सडकमा आधुनिक बत्ति राखिने, पहिलो चरण १७ करोड खर्च

काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यसका लागि बिहीबार महानगर, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महानगरका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका हुन् । सहमतिपत्र अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की लगायतका क्षेत्रमा करीब रु.१७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य गरिनेछ ।

हस्ताक्षर कार्यक्रममा मन्त्री नेम्वाङले सङ्घीय राजधानी समेत रहेको काठमाडौं क्षेत्रलाई व्यवस्थित र उज्यालो राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अगाडि बढेको बताए । यस्तै, काठमाडौंका मेयर शाक्यले लामो समयको प्रयासपछि सहमति भएको भन्दै यस कार्यले शहरी सौन्दर्य बढाउन ठूलो सहयोग हुने बताए ।

सहमतिपत्रमा महानगर क्षेत्रभित्रका मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा महानगर ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी रहने उल्लेख छ। त्यसैगरी, चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीका लागि आवश्यक रकम महानगरले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य ठाउँमा ४ दिन विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम …

प्रतिकृया दिनुहॊस

This will auto close after