सिटिजन लाइफ इन्स्योरेन्सको नारायणगढ शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढंको शहिद चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले शाखाको उद्घाटन गर्नु भएको हो ।

समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भूक्तानी तथा आजीवन बीमाको सूविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो ।

उक्त शाखाको समुद्घाटन संगै हाल कम्पनीले अधिराज्यभर ३६ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस