कपिलले पत्रकारसंग १ अर्ब क्षतिपूर्ति माग्दै

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माले एक इन्टरटेनमेन्ट न्यूज पोर्टल र त्यसका पत्रकार विक्की लालवानीमाथि आफ्नो चरित्रहत्या गरेको आरोपमा एक अर्ब भारु क्षतिपूर्ति माग गर्दै कानूनी नोटिस पठाएका छन् ।

उनले नोटिसप्राप्त गरेको सात दिन भित्र सार्वजनिकरुपमा बिना सर्त माफी माग्नुपर्ने माग पनि गरेका छन् । पब्लिकेसनले आफ्नो विरुद्ध अपमानजनक, घृणायुक्त समाचार र विचारहरु प्रशारण गरेको शर्माको आरोप छ ।

कपिलले यस्ता सामग्रहरु तत्काल हटाउनुपर्ने बताएका छन् । यी सामग्रीले आफ्नो छवि विगारेको भन्दै १ अर्ब भारुको क्षतिपूर्ति तिर्नुपर्ने माग उनले गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस