काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको उँचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले गरेको मापनबाट आएको नयाँ उँचाइलाई संयुक्त रूपमा एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।
सार्वजनिक सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको छ ।
यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।
तपाईंको प्रतिकृया




