सुराकीको आरोपमा शिक्षकको गोली हानी हत्या

काठमाडौं । मोरङमा   शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

प्रहरीकाअनुसार मिक्लाजुङ गाउँपालिका -१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए ।

विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा  श्रेष्ठको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई घरबाटै उठाएर करिब ३० मिनेट टाढा जंगलमा लगेर  टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री