आजको मौसमः यी ठाउँमा बर्षा, कतैकतै हिमपात

काठमाडौं । अहिले देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका दिउँसो पहाडी क्षेत्रका एकदुई ठाउँमा हल्का पानी पर्नेछ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

मंसिर २१ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

मंसिर २३ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा सहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप