राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन

सुर्खेत । राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन गरिएको छ ।राजतन्त्रको पक्षमा  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार प्रदर्शन गरिएको हो ।

वीरेन्द्रनगरको कालिनचौकबाट  मोटरसाइकल र्‍याली सुरु बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए ।

प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री