कांंग्रेस वरिष्ठ नेता पौडेलले गरे बुल्दीखोला पुलको उद्घाटन

काठमाडौं ।   नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् ।

पौडेल बिहीबार  पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरेको बेला  पौडेल पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।

तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप