ट्रान्सपरेन्सी इन्टरनेशनलको ‘रिपोर्ट’ अस्वीकार्य : सरकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले नस्वीकार्ने स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ ।

रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रश्रय दिएको उल्लेख गरिएको थियो । गुरुङले गत वर्ष सुशासनको मामिलामा उल्लेख्य सुधार गरेको नेपालले एक वर्षकै अवधिभा भ्रष्टाचार बढ्यो र प्रधानमन्त्री संरक्षक भन्नु आपत्तिजनक तथ्यहीन भएको दाबी गरे। रुल अफ लको इन्डेक्समा नेपालमा एसियाकै उत्कृष्ट सूचीमा परेको अवस्थामा ट्रान्सपरेन्सीले गलत रिपोर्ट दिएको उल्लेख गरे।

गुरुङले राजतन्त्रको पक्षमा पछिल्ला दिन देशका मुख्य शहरमा भएको प्रर्दशनलाई ‘पुनःउत्थानवादी र प्रतिक्रियावादी’हरुको चलखेलको संज्ञा दिए। ‘पुनःउत्थानवादी र प्रतिक्रियावादीको चलखेल बढेको बेलामा रिपोर्ट सार्वजनिक गरियो। सरकारविरुद्ध अभियान चलेका बेला गत जुनमा तयार पारेको रिपोर्ट अहिले सार्वजनिक गर्नु नियोजित हो, प्रवक्ता गुरुङले भने । उनले सरकारको विरोधमा लागेका व्यक्तिहरुलाई छानि छानि सोधेर रिपोट बनाइएको दाबी गरे ।

‘जो जो सरकारविरुद्ध लागेका छन् । उनीहरुसँग टेलिफोनबाट सोधियो । सरकारप्रति वितृष्णा जगाउन खोजिएको छ, उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस