कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने

काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ ।

बैंकले सो दिन बिहान साढे ११ बजे काठमाडौंको टंगालस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २०औं वार्षिक साधारणसभा गर्ने भएको हो ।

मंसिर १४ गतेसम्म कामय रहेका लगानीकर्ताले मात्रै साधारणसभामा भाग लिने पाउने छन भने बैंकले घोषणा गरेको लाभांश पाउने छन् ।

बैंकले यसअघि नै १४ प्रतिशत लाभांश लिने प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई १०.८५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यससँगै मंसिर १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउने तथा कम्पनीको लाभांश पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री