सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरीले ताज चुम्न सफल भएका छन ।

गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए भने फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरी रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल , समिया थापा र सिम्रन तुलाधर विजेता भएका थिए भने उहाहरुले साइकल तथा मोवाइलफोनहरु उपहारहरु पाए ।

साथै टप टेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको थियो ।
तपाईंको प्रतिकृया




