माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु

काठमाडौं।  तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा १  जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो ।

मृत्यु हुने  पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङ छिन् ।घाइतेहरु सबैको दमौलीमा उपचार भैरहेको प्रहरीले जनाएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री