काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ बसुण्डोलमा एक बालिका बलात्कृत भएकी छिन् । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




