टेलिकमले ल्यायो तिहार र छठ पर्वका अवसरमा नयाँ अफर

काठमाडौं ।   नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

टेलिकमले ल्याइएको अटम अफरअन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।

जसमा रु. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ ।

यी प्याक क्रमश: १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत कम्पनीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप