चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका अध्यक्ष केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको अर्थमन्त्री विष्णु पौडेलले पुष्टि गरेका हुन् ।

बिहीबार (आज) आफ्नो आधिकारिक तथा प्रमाणित ट्वीटर् ह्याण्डलमार्फत् सो कुरा जानकारी गराएका मन्त्री पौडेलले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सुस्वास्थ्यको कामनासमेत गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’

केही दिनबाट निमोनिया रोगबाट ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्या रहेका केसीको अहिले मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट यस वर्षको सुरुको विनियोजन भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो ।

प्रतिकृया दिनुहॊस