पुस्तकमा लगाइँदै आएको कर हट्यो

काठमाडौं । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत आर्थिक वर्षदेखि जुनसुकै पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल हटाउने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका पुस्तक आयात गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी)मा १० प्रतिशतका दरले भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए । १० प्रतिशतका दरले भन्सार महसुल लगाइदिएपछि गत वर्ष पुस्तक आयात घटेको थियो ।

आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद् बैठकले करका दरहरू परिवर्तन गर्न पाउँछ । मन्त्रिपरिषद्ले उक्त अधिकार प्रयोग गरी अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाउने निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अहिलेसम्म ३३ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । …

प्रतिकृया दिनुहॊस